भीमबहादुरको शव फेला, गोही आक्रमणको आशंका
चितवनको भरतपुर महानगरपालिका–२३ स्थित केरुङ्गा खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका भीमबहादुर दराईको शव फेला परेको छ । पूर्वी खड्कौली निवासी ५० वर्षीय दराईको शव केरुङ्गा खोला र राप्ती नदीको दोभानबाट पश्चिमतर्फ राप्ती नदीको किनारमा भेटिएको छ ।
हिजो साँझ गोरखबहादुर दराईसँग माछा मार्न गएका उनी केही बेरमै बेपत्ता भएका थिए । प्रहरी नायव निरीक्षक कृष्णराज गौतमको कमान्डमा खोजी टोली परिचालन गरिएको थियो ।स्थानीय बासिन्दा, चितवन राष्ट्रिय निकुञ्जका सैनिक र सशस्त्र प्रहरी बलको टोली समेत सहभागी भएपछि आज शव फेला परेको हो ।
शवको एउटा हातको पुरै भाग छैन भने गोडामा गहिरो चोट लागेको छ । प्रहरीले माछा मार्ने क्रममा दराईमाथि गोहीले आक्रमण गरेको हुनसक्ने अनुमान गरेको छ ।
टिप्पणीहरू