झापाली किसानका नयाँ काइदा, जति राख्यो त्यति फाइदा
झापाको अर्जुनधारा नगरपालिका अन्तर्गत हात्तीकिल्ला क्षेत्रका किसानहरूले मकैको उत्पादनपछि विशेष तरिकाले भण्डारण गर्दै आएका छन् । मकैको मूल्य बजारमा कम हुने डरले ती किसानले उत्पादनसँगै मकैलाई थन्क्याइ, केही समय पर्खेर मूल्य बढेपछि मात्र बिक्री गर्ने रणनीति अपनाएका छन् ।
उनीहरुले मकै भिजेर बिग्रिन नदिन सुरक्षित तरिकाले घरमै भण्डारण गर्ने गर्छन्, जसले गर्दा मकैमा लामो समयसम्म गुणस्तर कायम हुन्छ । यसरी भण्डारण गर्दा भविष्यमा राम्रो मूल्य प्राप्त गर्ने किसानहरुको भनाइ छ ।
टिप्पणीहरू