प्रहरीमा चक्रे मिलनको बयान- म एमालेको जिल्ला सदस्य हुँ

प्रहरीमा चक्रे मिलनको बयान- म एमालेको जिल्ला सदस्य हुँ

गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनले आफू नेकपा (एमाले)को जिल्ला सदस्य रहेको बताएका छन् । 

उनले प्रहरीसमक्ष आफू उक्त पार्टीको गोरखा जिल्ला सदस्यका रुपमा सक्रिय रहेको बयान दिएका हुन् । साउन १५ गते राति बर्थ-डे मनाउँदा मनाउँदै ठमेलस्थित सम्बाला होटलबाट पक्राउ परेका चक्रेले युवाहरू जम्मा पारेर हो-हल्ला गर्नु गल्ती भएको स्वीकार गरेको बताइएको छ । 

समय पछिल्लो पार्टीको वडास्तरीय कार्यक्रम र सामाजिक कार्यमा सहभागी हुँदै आएको र सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो तथा भिडियो शुभचिन्तकहरूले बर्थ-डे अघि नै बनाएको चक्रेको प्रश्टोक्ति छ । 

सम्बालामा भेला भएका युवाहरूमध्ये धेरैलाई आफूले नचिन्ने र कतिपयलाई नामले मात्र चिन्ने उनको बयान छ । यहीक्रममा उनले आफ्नो वास्तविक जन्ममिति ०२९ साउन १४ गते भए पनि साउन १९ गते कायम राखेर नागरिकता लिएको पनि खुलाएको बुझिएको छ ।

टिप्पणीहरू