सुकुम्बासी बस्ती हटाउँदा तीन नगर प्रहरी घाइते
मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्ती भत्काउने क्रममा झडप हुँदा तीन जना नगर प्रहरी घाइते भएका छन् । स्थानीयले प्रहार गरेको ढुंगा लाग्दा उनीहरु घाइते भएका हुन् ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको काठमाडौं महानगर प्रहरी बलका एसपी दिनेशकुमार अर्यालले बताए । अहिलेपनि अवस्था तनावग्रस्त नै रहेको उनले जानकारी दिए ।
जनआस्थासँग उनले भने,‘तनावग्रस्त अवस्थामै हामीले टहराहरु भत्काइरहेका छौं । लास्टलास्टमा पुगिसकेका छौं । भत्काउने क्रममा तीन जना नगरप्रहरी घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।’
मापदण्डविपरीत बनाइएका घर–टहरा भत्काउन यसअघि पटकपटक सूचना जारी गरेपनि अटेर गरेपछि नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेसहितको टोली आज बिहान डोजर लिएर त्यहाँ पुगेको थियो । झडपको सम्भावनालाई ख्याल गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पनि सँगै खटाइएको छ ।
टिप्पणीहरू