बागमतीमा बहादुरका मान्छेलाई ‘बाइकट’
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले आज आफ्नै पार्टी नेपाली कांग्रेसबाट पाँच जना मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री नियुक्त हुनेहरूमा कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङ छन् । असन्तुष्ट समूहबाट भने कसैलाई पनि मन्त्री बनाइएको छैन ।
निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामासहित १४ सांसदले तीन मन्त्रीको बटमलाइन राखे पनि मुख्यमन्त्री बानियाँले सो समूहबाट कसैलाई मन्त्री नबनाएका हुन् । आज पाँच मन्त्री नियुक्त भएसँगै १४ सदस्यीय प्रदेश मन्त्रीमण्डलले पूर्णता पाएको छ ।
यसअघि बानियाँले आफू मुख्यमन्त्री नियुक्त भएकै दिन साउन १९ एमालेबाट ६ र कांग्रेसबाट दुई मन्त्री नियुक्त गरेका थिए ।
टिप्पणीहरू