सशस्त्रका आईजीपीसँग पनि हिजै सम्झौता
गृहसचिव गोकर्णमणि दुवाडी र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । अर्यालले हिजो गृह मन्त्रालयमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
गृहमन्त्री रमेश लेखकको उपस्थितिमा मन्त्रालयमा भएको समारोहमा गृहसचिव दुवाडी र महानिरीक्षक अर्यालले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेर सम्झौता आदान–प्रदान गरेका थिए । नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले पनि हिजो सोही समारोहमा त्यस्तै सम्झौता गरेका थिए । जबकी उनको कार्यकाल १८ दिन मात्रै बाँकी छ । उनी यही भदौ १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।
गृह मन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्यसम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृहसचिव र प्रहरी महानिरीक्षकहरुबीच सम्झौता भएको हो ।

टिप्पणीहरू