मशाल बोक्दाबोक्दै जसपा नेताहरु बाटैबाट पक्राउ

सुन्नुहोस्

सिंहदरबार नजिकै मशाल जुलुस निकाली हिंड्दा समातिएका जनता समाजवादी नेपालसम्बध्द नेताहरुलाई  प्रहरी वृत्त सिंहदरबार पुर्याइएको छ।

उक्त पार्टीका प्रवक्ता तथा सांसद मनिषकुमार सुमनलगायत डेढ दर्जन नेतालाई साँझ समातिएको हो ।

केन्द्रीय सदस्य तथा सांसदहरु हंसाकुमारी साह,शशी मियाँ, दिनेशकुमार यादव,अम्बिका काफ्ले, किरण साह,भोगेन्द्र यादव,बिकी यादव, बबी सिंहसहित समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, महासचिव बलिराम कापडी,समाजवादी युवाका महासचिव दिलिप पटेल र युवा नेता मनिष यादव ओमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई राति अबेरसम्म सोधपुछ पश्चात् छाडिने प्रहरीले जनाएको छ ।

तस्बिरहरु:

टिप्पणीहरू