रसुवागढीमा हाल्न धमाधम नयाँ फलामे पुल बन्दै
डेढ महिनाअघिको भिषण बाढीले बगाएको नेपाल–चीनबीच रसुवागढी नाकाको निम्ति धमाधम पुल बनाईंदै छ । तत्काल यातायात सुचारु गर्न चीनको तर्फबाट काम भइरहेको बताइन्छ ।
गत असार २५ गते राति तिब्बतबाट बग्दै आउने ल्हेन्दे खोलामा अचानक बाढी आउँदा मितेरी पुल बगेको थियो । त्यसयता नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाकाबाट मानिस र सवारी साधनको आवतजावत पूर्ण रुपले ठप्प छ । नेपालतर्फका भन्सार कार्यालय, जलविद्युत परियोजना,सडकमा ठूलो क्षति पुगेको छ । उक्त बाढीमा परेका नौ जनाको शव फेला परेको थियो भने डेढ दर्जन बढी बेपत्ता छन् । दर्जनौं सवारी साधन बगेको र बाढीले पुर्याएको क्षतिका कारण चीनसँग व्यापार तथा पर्यटन व्यवसाय प्रभावित भएको छ । दशैंअघि नै उक्त नाकाबाट यातायात सुचारु हुने जनाइएको छ ।
टिप्पणीहरू