अदालत र परिषदमा कर्मचारीको जिम्मेवारी हेरफेर

अदालत र परिषदमा कर्मचारीको जिम्मेवारी हेरफेर

न्याय सेवा आयोगले न्याय परिषद्, उच्च अदालत र विशेष अदालतका आठ जना सहसचिव (रजिस्ट्रार) को काज सरुवा गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बल्ल बल्ल कोरम पुर्याएर हिजो बसेको न्याय सेवा आयोगको बैठकले यो सरुवा गरेको हो ।

जसअनुसार विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई न्याय परिषद् सचिवालयको सहसचिवमा पठाइएको छ । उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेललाई सर्वोच्च अदालतको सह–रजिस्ट्रार र सर्वोच्च अदालतका सह–रजिस्ट्रार वेदप्रसाद उप्रेतीलाई विशेष अदालतको रजिस्ट्रार बनाइएको छ ।

यस्तै, न्याय परिषद् सचिवालयका सहसचिव अशोककुमार क्षेत्रीलाई उच्च अदालत पाटनको रजिस्ट्रारमा सरुवा गरिएको छ भने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार दीपक भण्डारीलाई सर्वोच्च अदालतको सह–रजिस्ट्रार बनाइएको छ ।

त्यसैगरी, उच्च अदालत दिपायलका रजिस्ट्रार तारादत्त बडूलाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज, उच्च अदालत पाटन हेटौंडा इजलासका रजिस्ट्रार रामु शर्मालाई उच्च अदालत पोखरा, र उच्च अदालत तुलसीपुर–नेपालगन्ज इजलासकी रजिस्ट्रार सपना अधिकारीलाई उच्च अदालत पाटन हेटौंडा इजलासमा सरुवा गरिएको छ ।

टिप्पणीहरू