अमेरिकी राजदूत सिंहदरबारमा

अमेरिकी राजदूत सिंहदरबारमा

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन भेटघाटका लागि आज बिहान सिंहदरबार जानुभएको छ । उहाँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ताको लागि जानुभएको बताइन्छ । 

बिहान पौने १२ बजे सिंहदरबारस्थित उद्योग मन्त्रालय पुग्नुभएका राजदूत थम्पसन करिब आधा घण्टापछि त्यहाँबाट बाहिरिनुभएको हो । मन्त्री र राजदूतबीच भएको कुराकानीबारे मन्त्रालय र राजदूतावासले भने कुनै जानकारी दिएका छैनन् ।

टिप्पणीहरू