अविरल वर्षापछि पहिरो, प्रमुख राजमार्ग अवरुद्ध
फाइल फोटो
अविरल वर्षापछि मुलुकका अधिकांश राजमार्गमा यातायात अवरुद्ध भएको छ । धादिङको सातकिलोमा पहिरो खस्दा पृथ्वी राजमार्गमा आवागमन ठप्प भएको छ । काठमाडौँबाट गएका सवारीसाधन खानीखोलामा रोकिएका छन् ।
उता काभ्रेको रोशी गाउँपालिकामा गएको पहिरोका कारण बीपी राजमार्ग बन्द भएको छ । दुवै स्थानमा प्रहरी र जेसीबी परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ ।
टिप्पणीहरू