कृषिका पाँच कर्मचारीलाई सात दिने पूर्जी
नेपाल कृषि अनुसन्धान परिषद्ले पाँच कर्मचारीलाई स्पष्टिकरण सोधेको छ । वर्षौदेखि गैरहाजिर रहेका उनीहरुलाई आज सार्वजनिक सूचना निकालेर सात दिनभित्र लिखित स्पष्टीकरणसहित उपस्थित हुन भनिएको हो ।
स्पष्टिकरण सोधिनेमा परिषद्को पहाडी बाली अनुसन्धान कार्यक्रमअन्तर्गत काभ्रे र दोलखामा कार्यरत किरण बराल, ललितपुरस्थित राष्ट्रिय व्यवसायिक बाली अनुसन्धान केन्द्रका राजु चौधरी र शुसिलकुमार गैरे, दैलेखको बागवानी अनुसन्धान केन्द्रका विकास घिमिरे र चितवनको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका बुद्धिबहादुर अछामी छन् ।
विभिन्न मितिमा अध्ययन बिदा स्वीकृत गराएका उनीहरु बिदा समाप्तिपश्चात् हाजिर हुन आउनुपर्नेमा परिषद्सँग गरिएको कबुलियतनामा शर्तसमेत उल्लंघन गरेर अनुपस्थित रहिआएको सूचनामा जनाइएको छ ।
परिषद्ले अध्ययन बिदामा जाँदाको मितिबाट नै लागू हुनेगरी नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने ? भन्दै कुनै कारण र प्रमाण भएमा सात दिनभित्र उपस्थित हुन भनेको छ । अन्यथा, कानूनबमोजिम भइजाने चेतावनी दिइएको छ ।
टिप्पणीहरू