बालेन सम्पर्कमा आएनन्,सुशीला,हर्क र सागर तयार
जंगी अड्डाको वार्तामा गएका डेढ दर्जन जेन जी प्रतिनिधिहरुलाई आगामी छलफलका लागि सर्वसम्मत एकजना प्रतिनिधिको नाम दिन आग्रह गरिएको छ । अर्कोतर्फ ४६ हजार जेन जी समूहका सदस्य भर्चुअल सम्वादमा सहभागी भएका छन् ।
उनीहरु बीच विभिन्न समूहमा रहेको राजनीतिक रिक्तता शून्यको अवस्थालाई सम्बोधन गर्न एक जनाको नाममा सर्वसम्मत जुटाउन समस्या भएको छ । सदस्य औराका अनुसार काठमाडौं महानगरका मेयर बालेन साहले फोन उठाएनन् भने सबै जेन जी सहमत भए पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक रिक्तता शून्यको अवस्थामा आफूले नेतृत्व लिन्छु भनेकी छन् ।
रास्वपा सांसद सुमना श्रेष्ठले आफू पार्टीसम्बद्ध भएकोले सामेल हुन नमिल्ने जवाफ दिएको,हर्क साम्पाङ तयार रहेको,सागर ढकाल तयार भए पनि धनगढीमा फसेको,कुलमान घिसिंग हिजोको पत्रकार सम्मेलनमा मेन्टरको भूमिकामा उपस्थित भएको र र्याण्डम नेपालीले कोही पनि तयार नभए आफूले जिम्मेवारी लिने बताएको रिपोर्टिङ गरिएको छ ।

टिप्पणीहरू