ओली र लेखकलाई पक्रन सुधन समूहको नयाँ अभियान

ओली र लेखकलाई पक्रन सुधन समूहको नयाँ अभियान

एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै युवाहरुले ह्यासट्याग अभियान थालेका छन् । आफूलाई जेन जी प्रदर्शनको प्रमुख स्टेकहोल्डर दावी गर्दै आएको ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संस्थापक सुधन गुरुङले ‘डु अर डाइ’को नाममा अभियान चलाएका हुन् । 

भदौ २३ र २४ गतेको जेन जी प्रदर्शनमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकले नै प्रहरीलाई गोली चलाउन आदेश दिएको जनाउँदै गुरुङले केही बेरअघि पक्राउ गर्नुपर्ने मागसहित थिम पोस्टर सार्वजनिक गरेका छन् । सरकारलाई चौतर्फी दबाब दिन उक्त अभियानमा सहभागी हुन उनले युवाहरुलाई आह्वान समेत गरेका छन् । 

गुरुङले सार्वजनिक गरेको पोस्टरमा ओली र लेखकलाई ‘हत्यारा’ करार गर्दै तस्बिर समेत राखिएको छ ।

टिप्पणीहरू