सिंहदरबार जलाउने चेतावनीसँगै बालेनले के के भन्न र गर्न भ्याए ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहमाथि विगतका उनका अस्वाभाविक गतिविधि र अभिव्यक्तिका कारण सामाजिक आलोचना र विवाद बढ्दो क्रममा छ । पहिले दिइएको सिंहदरबार चेतावनी र भदौ २४ गते कार्यान्वयनको अवस्था,सार्वजनिक प्रदर्शनमा हिंसात्मक भाष्य तथा सामान्य नागरिकलक्षित कैयौं हर्कतले उनको सार्वजनिक छवि र कार्यशैलीमाथि प्रश्न उठाएको छ ।
बालेनले यसअघि सार्वजनिक रुपमा व्यक्त गरेका अभिव्यक्तिमा सिंहदरबार जलाउने प्रष्ट संकेत थियो । भदौ २४ गतेको आगजनीमा प्रत्यक्ष संलग्न नभए पनि उनका पहिलेका अभिव्यक्तिहरूले समर्थक वा सहभागीहरूलाई हिंसात्मक कामका निम्ति उक्साएको विश्लेषण मनोचिकित्सकहरुको छ । विश्लेषकहरूको दृष्टिमा,यस प्रकारका चेतावनी हिस्टिरिक वा प्रेरक भाष्यको श्रेणीमा पर्छन्,जसले छोटो समयमा समूहलाई उन्मादजन्य क्रियाकलापतर्फ उत्प्रेरित गर्न सक्छ।
यसअघि उनको आदेशमा काठमाडौं महानगर प्रहरीले ठेलागाडामा पोलेको मकै बेच्ने,सडकमा व्यापार गर्ने निमुखाहरूलाई धम्की दिँदै हुलहुज्जत गरेको थियोे । त्यस्तो कार्यमा स्वयम् बालेनको अप्रत्यक्ष संलग्नता भएको दाबी पीडितहरुको छ । यसबाट बालेनको शैली शक्ति प्रदर्शन र आक्रामक व्यवहारमा आधारित रहेको पुष्टि हुन्छ । विश्लेषकहरूले यसबाट उनमा सामाजिक दबाब सिर्जना गर्ने र विरोधलाई दमन गर्ने बानी भएका पात्र भनी टिप्पणी गरेका छन् ।
काठमाडौंका मेयरले पहिले ‘सिंहदरबार जलाइदिन्छु’, ‘सिंहदरबारमा फोहोर थुपारिदिन्छु’ र ‘मन नपरेकालाई टुकुचामा गाड्नुपर्छ’ जस्ता उग्र अभिव्यक्ति दिने गर्दथे । यस प्रकारका भाष्यले समाजमा सामूहिक हिंसा वा उन्माद उत्प्रेरक भूमिका खेल्ने निश्चित हुन्छ । प्रत्यक्ष वा अप्रत्यक्ष हिंसा, स्थानीय प्रशासनमा दबाब र सार्वजनिक सुरक्षा जोखिम यसबाट बढ्नु अवश्यम्भावी हुन जान्छ ।
आलोचकहरूले बालेनले बेलाबखत सामाजिक सञ्चालमा लेख्ने र दर्शाउने ‘मानवता’ केवल मन लागेको बेलामा पहिरिने लँगौटी भएको टिप्पणी गरेका छन् । असहमति राख्नेलाई हरतहरले दमन गर्ने शैली र हिंसात्मक भाष्य उद्घोषले उनको सार्वजनिक जिम्मेवारी र नैतिकतामाथि यसअघि नै प्रश्न उठिसकेको बुझिन्छ ।
वैज्ञानिकहरुका अनुसार केही व्यक्तिमा प्राकृतिक रूपमा नकारात्मक ऊर्जा उत्पादन गर्ने आनुवंशिक÷जैविक प्रवृत्ति बढी हुन्छ । यसले छोटो समयमा उत्पात मच्चाउने,उन्माद सिर्जना गर्ने,र छोटो समयमै शान्त हुने विशेषता देखाउन सक्छ । बालेनको हर्कत र भाष्यमा पनि यस्तो प्रवृत्ति देखिएको उनीहरुको निश्कर्ष छ ।
भविष्यमा यस्ता घटनाले शान्ति, सामाजिक सुरक्षा र सार्वजनिक सम्पत्तिमा जोखिम पुर्याउन सक्छ । त्यसैले प्रशासन र सुरक्षा निकाय बेलैमा सतर्क रहन आवश्यक भएको धारणा धेरैको छ ।
(सामाजिक सञ्जालमा लेखिएका टिप्पणीहरु र गरिएको विश्लेषणमा आधारित)
टिप्पणीहरू