सुशीला कार्की मभन्दा कति वर्ष कान्छो रे ? : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको घटनामा आफूले गोली चलाउन आदेश नदिएको बताएका छन् । पार्टीका जिल्ला अध्यक्ष र नेताहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सो घटनाबारे विस्तृत रूपमा बोलेको पाइएको छ ।
उनले भनेका छन्, ‘भदौ २३ गते गोली चल्दा मैले कुनै आदेश दिएको थिइन । त्यही साँझ मैले सुरक्षा निकायका प्रमुखहरू र गृहमन्त्रीसँग बसेर सोधेको थिएँ-टाउको र छातीमा ताकेर किन गोली चलाएको ? मैले छानबिन समिति गठन गर्न निर्देशन पनि दिएको थिएँ, ताकी दोषी कारबाहीको दायरामा आउन्।’
ओलीले आफूले राजनीतिक जीवनभर बालबालिका र युवाको हकहितमा काम गरेको दाबी गरेका छन् । अब प्रतिनिधिसभा पुनःस्थापना र असंवैधानिक कदमको विरोधका लागि पार्टी आन्दोलनमा जाने तयारीमा रहेको बताउँदै भने, ‘लोकतन्त्र र संविधानको रक्षार्थ एमाले सडकमा जान तयार छ।’ संकटको बेला डर र त्रासका कारण आन्दोलन छोड्न बाध्य भएका कार्यकर्तालाई पुनः स्वागत गर्ने र आफैं खुशीले पार्टी छाडेकाको राजीनामा स्वीकृत गर्ने तयारी रहेको पनि ओलीले बताए।
संविधान निर्माणदेखि नाकाबन्दी,चुच्चे नक्सा,दैलेखको पेट्रोल खानी, नवलपरासी धवादीको फलाम खानी र नेपाली भूमिवारे दुई देशबीच भएका सम्झौतामा आफ्नो अडान सधैं राष्ट्रिय स्वाभिमानको पक्षमा रहेको उनले स्मरण गरे । ‘यिनै विषयमा दह्रोसँग कुरा उठाउँदा ममाथि विभिन्न आरोप लगाई घटना गराइएका हुन्,’ उनले जोड दिए ।
‘जेन–जी पार्टी अध्यक्ष चाहियो,जेन–जी प्रधानमन्त्री चाहियो भन्नेहरूले अहिलेका प्रधानमन्त्री मभन्दा कति वर्ष कान्छो भन्न सक्नुपर्छ।’ उनले पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई उदाहरण दिँदै कटाक्ष गरे, ‘उहाँ जेन–जी उमेर समूहकै हो ?’
हालका युवापुस्ताबारे टिप्पणी गर्दै ओलीले भने, ‘जेन–जी पार्टी अध्यक्ष चाहियो,जेन–जी प्रधानमन्त्री चाहियो भन्नेहरूले अहिलेका प्रधानमन्त्री मभन्दा कति वर्ष कान्छो भन्न सक्नुपर्छ।’ उनले पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई उदाहरण दिँदै कटाक्ष गरे, ‘उहाँ जेन–जी उमेर समूहकै हो ?’
पार्टीभित्र विचार र नेतृत्वका विषयमा बहस गर्न आग्रह गर्दै ओलीले भने, ‘कमिटीभित्र व्यापक छलफल चलाउनुस्, तर कमिटीले गरेको निर्णय सबैले सहर्ष स्वीकार गरी कार्यान्वयनमा लाग्नुस् ।’
टिप्पणीहरू