चोकमै ठडियो एमालेको स्टेज

चोकमै ठडियो एमालेको स्टेज

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको विशेष राजनीतिक भेटघाट कार्यक्रम शुरु भएको छ । 

भक्तपुरको गुण्डुस्थित तिथली चोकमै स्टेज बनाएर अहिले कार्यक्रम चलिरहेको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता छन् । 

बिहान ११ बजे सुरु हुने भनिए पनि केही ढिलोगरी शुरु भएको कार्यक्रममा शंकर पोखरेल, भानुभक्त ढकाल, राजन भट्टराई, लालबाबु पण्डित, महेश बस्नेतलगायतका नेताहरूको सहभागिता छ ।

टिप्पणीहरू