गद्दीमा फर्काउन पूर्वराजाको कुण्डली हेरिदैँ

गद्दीमा फर्काउन पूर्वराजाको कुण्डली हेरिदैँ

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन राजावादी ज्योतिषहरूले साइत हेर्न थालेका छन् । 

आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडाले राजसंस्था फर्काउने सबैभन्दा उपयुक्त समय फागुन महिना हुने बताए । उनका अनुसार कात्तिकदेखि पूर्वराजाको ग्रहदशा राम्रो देखिएको छ । 

पूर्वराजाको कुण्डली हेर्ने पुस्कर गत वर्ष चैत १५ को हिंसात्मक प्रदर्शनमा प्रहरीलाई ढुंगा हानेवापत पक्राउ परेका व्यक्ति हुन् । पहेंलो बस्त्र लगाएर निधारमा चन्दनको टीकासहित ढुंगा हान्दै गर्दा समातिएका उनी केही समय प्रहरी हिरासतमा बसेर अदालतको आदेशले धरौटीमा रिहा भएका थिए ।   

उनै स्वघोषित ज्योतिषले कात्तिकदेखि फागुनको बीचमा राजसंस्था फर्किनसक्ने भविष्यवाणी गरेका हुन् । 

‘उहाँको कुण्डली विष्लेषण गर्दा गुरु आत्मकारक ग्रह छन्, अहिले भ्रामरीको महादशा छ, राजकीय भ्रमणहरु तिव्र गराउने योग बलियो छ’, उनको भविष्यवाणी छ, ‘दोस्रो पटक राजा बन्दा उनी उल्काको दशामा बनेका थिए जो अफाव सिद्ध भयो तर, तेस्रो पटक राज्यारोहण अकाट्य रहेछ, उच्च मंगलको दशामा सफल स्वागत गर्न ग्रह वेकावु छन् ।’

पुस्करले यसअघि पनि विभिन्न समयमा राजसंस्था फर्किने दावी गर्दै राजावादीहरुलाई उक्साउने गरेका थिए । तर, अहिलेसम्म राजसंस्था फर्किने छाँटकाट देखिएको छैन । पछिल्लो समय राजावादीहरुले नै उनको भाविष्यवाणीलाई बेवास्ता गर्न थालेको देखिन्छ ।

टिप्पणीहरू