एमाले उपाध्यक्षहरुद्वारा मार्ग प्रशस्त गर्न माग

एमाले उपाध्यक्षहरुद्वारा मार्ग प्रशस्त गर्न माग

एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिइएको छ । अध्यक्ष ओलीको भक्तपुर,गुण्डुस्थित निवासमा आज बसेको बैठकमा उपाध्यक्षहरु अधिकांशले समय र परिस्थितिलाई ध्यानमा राखेर ‘स्टेप डाउन’ हुन दबाब बढाएको बुझिएको छ । 

बैठकमा उपाध्यक्षहरुले उठाएको प्रसंग उद्धृत गर्दै सहभागी एक जना पदाधिकारीले भने,‘जुन घटना भयो, यसको नैतिक जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? अब पनि मार्ग प्रशस्त गर्नुपर्छ कि पर्दैन ?’ मार्ग प्रशस्त अहिले नै गर्ने कि महाधिवेशनबाट भन्ने विषयमा सहमति गर्न सकिन्छ तर अध्यक्ष पछाडि हट्नुको विकल्प नभएको उनीहरुको निचोड थियो । 

मार्ग प्रशस्त गर्नुपर्छ नभन्नेमा उपाध्यक्ष गुरु बराल र महासचिव शंकर पोखरेल देखिए । उक्त विषयको उठान प्रारम्भमै वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले गरेका थिए । आफ्नो धारणा राखेपछि उनी र महासचिव पोखरेल राष्ट्रपतिले शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा भाग लिन गए । 

युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले बैठकमा लिखित मन्तव्य राखेका थिए । रामबहादुर थापा बादललगायतको धारणा एकै खालको थियो । अध्यक्ष ओलीको पक्षमा गुरुबाहेक अरु कोही पनि उपाध्यक्ष उभिएनन् । भोलि उपमहासचिव र सचिवहरुको बोल्ने पालो राखिएको छ ।

भोलि पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालले शुरुमै विचार राख्ने कार्यतालिका छ । आजको बैठकमा आफ्नाबारे एकपछि अर्को अप्रिय स्वर बढेपछि अध्यक्ष ओलीले मन दुखाएको सहभागीहरुले अनुभूत गरे ।

टिप्पणीहरू