कसरी बन्छ हजार वटा सिंहदरबार ?

कसरी बन्छ हजार वटा सिंहदरबार ?

आफूलाई जेनजी लिडर दावी गर्ने ‘हामी नेपाल’ नामक एनजिओका संस्थापक सुदन गुरुङ्ग विवादमा तानिएका छन् । ‘हजार वटा सिंहदरबार बनाइदिन्छु’ भनेपछि उनको चर्को आलोचना हुन थालेको हो । 

हिजो जेनजी शहीदहरुको तस्बिरमा भाइटीका लगाउने कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहकै स्टाइलमा राष्ट्रिय झण्डा काँधमा ओढेर माइतीघर मण्डला पुगेका उनले भनेका थिए,‘एउटा आमाको कोख रित्तिएको छ,उहाँको छोरालाई जीवित बनाइदिनुस् त ! सिंहदरबार हजार वटा बनाउन सकिन्छ, म बनाइदिन सक्छु ।’

‘गफ नदे मुजुर ! सिंहदरबार भवन मात्र हो ? ल एउटा मात्र बनाएर देखा अनि अरु कुरा गरौंला । तेरो टिओबीले दिन्छ अब त्यहाँका ऐतिहासिक सन्धि सम्झौता तथा इतिहासका कागज ? लाखौं मरेर पनि बचाउनुपर्ने धरोहर हो सिंहदरबार ।’

सो अभिव्यक्ति दिएपछि उनको चर्को विरोध शुरु भएको छ । भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशमा ७६ जनाको ज्यान गएको छ । जसमा धेरै किशोर किशोरी र युवा छन् । मान्छेको ज्यान लिनु अपराध हो भने सिंहदरबारलगायत सार्वजनिक सम्पत्ति जलाउनु पनि अपराध नै हो । सुदनले मृत्युको विषयलाई उछालेर सार्वजनिक सम्पत्तिमाथिको आगजनीलाई ओझेलमा पार्न खोजिरहेको देखिन्छ । अर्कोतिर, सिंहदरबार एउटा भवन मात्र होइन, नेपालीको पहिचान र इतिहास पनि हो । 

सरकारलाई जलेको सिंहदरबार पुनःर्निर्माणका लागि आर्थिक स्रोत जुटाउन हम्मेहम्मे परिरहँदा उनी हजारौं सिंहदरबारको भाषण गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता ईश्वर बिन्दुले हजार वटा नभई एउटा मात्र सिंहदरबार बनाएर देखाउन चुनौती दिएका छन् । उनी लेख्छन्,‘गफ नदे मुजुर ! सिंहदरबार भवन मात्र हो ? ल एउटा मात्र बनाएर देखा अनि अरु कुरा गरौंला । तेरो टिओबीले दिन्छ अब त्यहाँका ऐतिहासिक सन्धि सम्झौता तथा इतिहासका कागज ? लाखौं मरेर पनि बचाउनुपर्ने धरोहर हो सिंहदरबार ।’

गणेश भुजेलले खरानी व्यापार गरेको पैसाले सिंहदरबार बनाउन भन्दै व्यङ्ग्य हानेका छन् । ‘खरानीको व्यापार गरेर आएको पैसाले बनाए बन्ने होला तर अन्य स्रोत त सम्भावना नै देखिँदैन’,उनको भनाइ छ । 

दिलबहादुर सिंहले गफले सिंहदरबार नबन्ने प्रतिक्रिया दिएका छन् । लेखेका छन्,‘पहिला एउटा बनाऊ,सिंहदरबार गफले बन्दैन ब्रो ।’ जगन्नाथ गौतमले सुदनलाई धेरै फूर्ति नदेखाउन सुझाव दिएका छन् । ‘भत्काउनु र जलाउनुजस्तो सजिलो छैन फूर्ति नदेखाऊ’,उनले भनेका छन् ।

टिप्पणीहरू