घुस लिएका वरिष्ठ लेखा अधिकृतलाई अदालतमा उभ्याइँदै
घुससहित समातिएका दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
आयोगको टंगालबाट खटिएको टोलीले गत असोज ३ गते उनलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । कार्कीले वडा नम्बर १, २, ३, ४ र ५ मा पर्ने जर्सी चोक, देउडी जडी हुँदै जाने सडक स्तरोन्नती योजनाको अन्तिम बील भुक्तानीको क्रममा सहजीकरण गरिदिने आश्वासनमा घुस लिएको आयोगको दाबी छ ।
अभियोगपत्रमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को कसुरमा कैद र जरिवानाको मागदाबी गरिएको छ ।
टिप्पणीहरू