वीपीलगायत पूर्वका धेरै राजमार्ग बन्द, भोलिसम्म वर्षा

वीपीलगायत पूर्वका धेरै राजमार्ग बन्द, भोलिसम्म वर्षा

निरन्तर वर्षाका कारण बाढी र पहिरो जाँदा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्गमा यातायात ठप्प भएको छ । 

पाँचथर र धनकुटाको सिमानामा रहेको नावा खोलामा आएको बाढीले तमोर करिडोरमा यातायात अवरुद्ध पारेको छ । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा पहिरो गएको छ । 

बंगालको खाडीबाट उठेको मोन्था चक्रवातको प्रभावले कोशी प्रदेशका इलामसहितका जिल्लालाई पुनः जोखिममा पारेको छ । दशैंलगत्तैको वर्षाले इलाममा ठूलो जनधनको क्षति भएको थियो । 

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली र वर्षा हुनेछ । स्थानीय जिल्ला प्रशासनहरुले बाढीको जोखिम हुनसक्ने भएकाले अत्यावश्यक काममा बाहेक घरबाट ननिस्किन आग्रह गरेको छ । किसानहरुलाई कम्तीमा भोलिसम्म धान नकाट्न सल्लाह दिइएको छ ।

टिप्पणीहरू