बालेनविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत् अश्लीलता फैलाएको भन्दै प्रहरीमा उजुरी परेको छ ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले आज नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेको हो ।
बालेनले गत शतिबार मध्यराती फेसबुकमा अश्लिल स्टाटस लेख्दै राजनीतिक दल र मित्रराष्ट्रहरूको नामै किटेर गालीगलौज गरेका थिए । केही मिनेटमै हटाइएको उक्त स्टाटसको स्क्रिनसर्ट अहिले पनि सामाजिक सञ्जालमा पाइन्छ ।
युवासंघले आज त्यही स्किनसर्टलाई प्रमाण बनाएर बालेनविरुद्ध सिआइबीमा निवेदन दिएको हो । जिम्मेवार पदमा बसेको व्यक्तिले अश्लिलता, अराजकता फैलाउन नहुने र उक्त कार्य जनप्रतिनिधिको मर्यादाविपरित रहेको उसको ठहर छ ।
निवेदनमा बालेनलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।
टिप्पणीहरू