झाँक्रीले ओलीलाई बुझाइन् कलम

झाँक्रीले ओलीलाई बुझाइन् कलम

तत्कालीन नेकपा (एकीकृत समाजवादी) की स्थायी समिति सदस्य रामकुमारी झाँक्रीसहित १० केन्द्रीय सदस्य एमालेमा फर्किएका छन् । आज राष्ट्रिय सभा गृहमा आयोजित एमालेको ‘घर फर्क अभियान’ घोषणा कार्यक्रममार्फत् उनीहरु फर्किएका हुन् ।  

यसरी फर्किनेमा स्थायी समिति सदस्य झाँक्री,केन्द्रीय सदस्यहरु किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ,पीताम्बर तिम्सिना, राजाराम स्याङतान,कर्ण विष्ट,नवराज पौडेल,अर्जुन राई,अम्बिका राई,बबी चाम्लिङसहित ४० जना छन् । उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह सूर्य अंकित फेटा दिएर स्वागत गर्नुभएको थियो । एमालेमा फर्किने नेताहरुले पनि अध्यक्ष ओलीलाई एकीकृत समाजवादीको चुनाव चिन्ह कलम बुझाएका छन् । 

कार्यक्रम जारी छ ।

टिप्पणीहरू