सुदनले मागे गृहमन्त्रीको राजीनामा

सुदनले मागे गृहमन्त्रीको राजीनामा

हामी नेपाल एनजीओका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । उनले गृहमन्त्रीविरुद्ध सामाजिक सञ्जालमार्फत् राजीनामा माग गर्दै अभियान थालेका हुने ।

गृहमन्त्रीको नेतृत्वप्रति प्रश्न उठाउँदै बारामा हिजो जेनजीमाथि भएको कुटपिटमा देखिएको  प्रहरी प्रशासनको ‘मौनता’ को आलोचना गर्दै गुरूङले ‘मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । 

‘जनआन्दोलनको ज्वालामुखी उठ्दैछ’ शीर्षकसहितको पोस्टर पोष्ट गरेर गृहमन्त्री अर्यालविरुद्ध तीनवटा ह्यासट्यागसहित अभियान चलाएका छन् । गृहमन्त्रीको ‘लाचारीपन’ का कारण बारामा जेनजीमाथि कुटपिट भएको गुरुङको भनाइ छ । 

हमन्त्रीले आफू आन्दोलनको म्यान्डेट, सडकमा बगेको रगत र जेनजी भाइ–बहिनीहरूको बलिदानबाट सत्तासम्म पुगेको कुरा बिर्सिएर लाज पनि लजाइसक्यो । यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारी र हत्यारालाई समात्न नसक्ने हो भने, देशको परिवर्तनका लागि लड्ने योद्धामाथि कुटपिट हुँदा कानमा तेल हालेर बस्ने हो भने र उल्टै देशप्रेमीहरूलाई पक्राउ गर्ने हो भने ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान सुरु गर्नेछु।’

टिप्पणीहरू