नयाँ पार्टीमा आसन ग्रहण बन्देज
तत्कालीन नेकपा (माओवादी केन्द्र) छाडेर प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका जनार्दन शर्मा, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीच प्रगतिशील लोकतान्त्रिक पार्टीको नाममा औपचारिक एकता भएको छ ।
एकता घोषणा कार्यक्रमको अध्यक्षता परियारले गरे भने भट्टराईलाई विशेष अतिथिको रुपमा आसन ग्रहण गराइयो । वैकल्पिक शक्ति भनिएको प्रलोपाले आयोजना गर्ने कार्यक्रम पनि नयाँ ढंगको हुने भन्दै अन्य नेताहरुलाई आसन ग्रहण गराइएन ।
पार्टी नेतृत्वको लागि सामूहिक नेतृत्वको अवधारणा अनुसार पाँच सदस्यीय अध्यक्ष परिषद् समेत गठन गरिएको छ । जसमा परियार, दुर्गा सोब, सुदन किराँती, ओजस्वी भट्टराई र मधेशी समुदायबाट एक जना सदस्य रहने बताइएको छ। ओजस्वीलाई जेनजी प्रतिनिधिको रुपमा परिषद्मा समावेश गरिएको हो । मधेशबाट भने प्रतिनिधि चयन हुन बाँकी छ ।
एक जना पार्टीको संरक्षक र सात सदस्यीय सल्लाहकार समिति रहने बताइएको छ। त्यस्तै १५१ सदस्यीय केन्द्रीय समिति बनाइँदैछ ।
टिप्पणीहरू