‘वरिष्ठ’लाई मनाउने जिम्मा ‘कनिष्ठ’लाई
सरकारले ठूला दलका तीन जना शीर्ष नेतृत्वसँग छलफल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेललाई खटाएको छ । खरेलले अहिले बिहान साढे ९ बजेदेखि करिब तीन घण्टाभित्र नेपाली काँग्रेस,एमाले र नेकपा सभापति, अध्यक्ष र संयोजकलाई भेट्ने कार्यक्रम छ ।
सञ्चारमन्त्रीको निजी सचिवालयले जनाएअनुसार अहिले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि खरेल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न ११ बजे उनको निवास गुन्डु पुग्ने छन् ।
त्यसैगरी मध्यान्ह १२ बजे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने योजना छ । केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियता र प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा तीनै दलका नेता तथा भूतपूर्व प्रधानमन्त्रीहरुबीच भेटवार्ता भएको थियो ।
सरकारले निर्वाचनको वातावरण बनाउने योजनाअनुसार मन्त्रीलाई छुट्टाछुट्टै भेटका लागि उनीहरुको निवासमा खटाएको बुझिएको छ ।
टिप्पणीहरू