छायाँ सरकार घोषणा गर्दै प्रधानमन्त्रीका ‘जेठा छोरा’
प्रधानमन्त्री सुशीला कार्कीको ‘जेठो छोरा’ भनिएका सुधन गुरुङले ‘सिभिलियन फोर्स’ नामक युवा संगठन बनाएका छन् । उनले आज मध्यराती ११ः११ बजे औपचारिक रुपमा उक्त संगठन घोषणा गर्न लागेका हुन् ।
उक्त फोर्सले छायाँ सरकारको रुपमा काम गर्ने गुरुङको भनाई छ । उनका अनुसार फोर्समा हालसम्म दुई सयभन्दा बढी युवाहरु आवद्ध भइसकेका छन् । उपत्यकाबाहिरका युवाहरुलाई पनि फोर्समा जोडिने उनीहरुको तयारी छ ।
फोर्समा आवद्ध एक युवाका अनुसार माओवादीको वाईसीएल, एमालेको युवा संघ र कांग्रेसको तरुण दलभन्दा फरक संरचनामा संगठन निर्माण गरिएको हो । प्रविधिमा अब्बल युवाहरुलाई प्राथमिकतामा राखिने फोर्सले सरकारको कामकारवाहीमाथि निगरानी राख्ने बताइएको छ ।
टिप्पणीहरू