बुद्ध एअरको विमान भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त

बुद्ध एअरको विमान भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त

काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको विमान अवतरणको क्रममा दुर्घटनामा परेको छ । उडान नम्बर बीएचए ९०१ विमान रनवेबाट चिप्लिएर खोल्सामा पुगेको छ । 

दुर्घटनामा मानवीय क्षति नभएको बताइएको छ । ५१ जना सवार विमानलाई सशस्त्र प्रहरी बलको २ नम्बर गण चन्द्रगढीको टोलीले तानेर रनवेमा ल्याएको छ ।

साँझ ७ बजे काठमाडौंबाट उड्नुपर्ने विमान राति साढे ८ बजेको समयमा उडेको थियो । दुर्घटनामा विमानको अगाडीको भाग नोज कुच्चिएको छ ।

 

टिप्पणीहरू