तार चाेरीमा हाकिम संलग्न ?
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका तत्कालिन प्रमुख राजीवकुमार सिंह भ्रष्टाचारमा तानिएका छन् । तार चोरीको आरोपमा उनीसहित चार जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।
मुद्दा चलाइएकामा तत्कालिन सहायक लेखा अधिकृत लोकप्रसाद काफ्ले, कान्तिपुर सेक्युरिटी सर्भिस प्रालिका सेक्युरिटी गार्डहरु रामकुमार पुर्जा र हेमशर्मा रिमाल छन् । उनीहरुको मिलेमतोमा एक सय ७४ मिटर तार चोरेर बेचिएको अख्तियारको दाबी छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १३ लाख ९३ हजार ६०३ रुपैयाँ बिगो कायम गर्दै उनीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।
टिप्पणीहरू