कांग्रेसको विवादमा प्रधानन्यायाधीशको ‘स्टोन’ बाधक

कांग्रेसको विवादमा प्रधानन्यायाधीशको ‘स्टोन’ बाधक

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत गत सोमबार रातिदेखि सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) अस्पतालमा हुनुहुन्छ  । पित्तथैलीको स्टोनले दुःख दिएपछि अस्पताल भर्ना हुनुभएका राउत अपरेसन गर्न नमिल्ने भए पनि निमोनियाको कारण केही दिन उतै रहने बुझिएको छ ।

अस्पताल स्रोतले उहाँको स्टोनको अपरेसन मिति छ हप्ता पछिको लागि तोकेको छ । पित्त थैलीभित्रको ढुंगोले दुःख दिएपछि उहाँ भर्ना हुनुभएको थियो । तर निमोनियाका कारण अपरेसनको मिति सारिएको अस्पताल स्रोतले बताएको छ ।

‘उहाँलाई धेरै बोल्न हुँदैन भनेको छ डाक्टरले,’ उल्लेख गर्दै पारिवारिक स्रोत भन्छ, ‘अब काँग्रेसको आधिकारिकता विवाद झेल्नुपर्ने भएकाले कम्तीमा शुक्रबारसम्म अस्पताल नै बस्ने सम्भावना छ ।’ यता निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष अधिवेशनलाई मान्यता दिँदै गगन थापा सभापति रहेको नयाँ नेतृत्वलाई आधिकारिक ठहराइदिएको छ ।

शेरबहादुर देउवा समूहले आयोगको निर्णयलाई भोलि सर्वोच्च अदालतमा चुनौति दिने सम्भावना छ । पर्सि ल्होसार बिदा र मंगलबार प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सर्वोच्च अदालतले उक्त विषयमा मंगलबार सबेरै निर्णय गर्नुपर्ने हुन्छ ।  

‘काँग्रेसको दुई पक्षबीच कचल्टिएको विवादमा टाउको दुखाउनुभन्दा श्रीमानले अस्पतालको बेड नै रोज्नुहोला जस्तो छ,’ स्रोतको दावी छ ।

‘काँग्रेसको दुई पक्षबीच कचल्टिएको विवादमा टाउको दुखाउनुभन्दा श्रीमानले अस्पतालको बेड नै रोज्नुहोला जस्तो छ,’ स्रोतको दावी छ । उता रास्वपा सभापति  रवि लामिछानेलाई गत पुसमा सर्वोच्चको आदेश विपरित हुनेगरी धरौटीमा छाड्न आदेश दिने उच्च अदालत दाङको बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेललाई न्याय परिषदमा तान्ने झ्याउलो पनि स्टोनले नै छेकिदिएको अवस्था छ ।

यता महान्यायाधिवक्ता सविता भण्डारीले रवि,जिबी राई र छविलाल जोशीलगायत ५० जनामाथि लागेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग हटाइदिएकी छन् । अब उनीहरुलाई सहकारी ठगीको मुद्दामा मेलमिलापको आधारमा अघि बढ्न सकिने सहज बाटो सरकारले नै खोलिदिएको छ ।

यस सन्दर्भमा परेका ३ छुट्टाछुट्टै रिटउपर पनि सुनुवाइ हुनुपर्ने त भोलि र मङ्गलवार नै हो,जसलाई टार्न सकेसम्म सबै श्रीमानको कोशिस रहने सर्वसाधारणको समेत आकलन छ ।

टिप्पणीहरू