महामारीमा ८५ प्रतिशतसम्म छुट (भिडियो सहित)

महामारीमा ८५ प्रतिशतसम्म छुट (भिडियो सहित)

काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरवासीलाई केही राहत र सहुलियतको योजना पेश गर्ने भएको छ ।

मेयर विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरि पनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताउनुभएको छ । उहाँले कोभिड– १९ संक्रमणबिरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रित हुने बताउनुभयो ।

साथै शाक्यले महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडास्तरीय छलफलमा मेयरलगायत सबै सहभागी हुने उल्लेख गर्दै नगर क्षेत्रका संक्रमित तथा निधन भएकाको परिवारलाई सहायता उपलब्ध गराउने बताउनुभयो ।

उहाँले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कोरोनाको कारण व्यापार व्यवसाय,पेशा, रोजगारीमा परेको असरलाई राहत दिने गरी आउने बताउनुभएको छ । महानगरले आफ्नो क्षेत्रमा लाग्दै आएको व्यापार व्यवसाय कर र दस्तुरमा छुट दिनेगरी कार्यक्रम ल्याउन लागेको बताइन्छ ।

महानगरले करदातालाई महामारीको असरबमोजिम ८५ प्रतिशतसम्म कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम ल्याउने तयारी छ ।

टिप्पणीहरू