एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेली जीबी प्याकअन्तर्गतका तीन विभिन्न प्याकमा २० रुपैयाँदेखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर ल्याएको हो ।
गज्जबको डेलि जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबारदेखि लागु भएको छ । यसअन्तर्गत एनसेलका ग्राहकले सात दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीको गज्जबको डेली जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् ।
सात दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले करसहित १ सय ६९ रुपैयाँमा सुचारु गर्न सक्छन् । प्याक सुचारु गर्ने ग्राहकले २० रुपैयाँ क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरि करसहित २ सय ६९ रुपैयाँमा सात दिनको समयसीमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ३० रुपैयाँको क्यास ब्याकबाट फाइदा लिन सक्छन् ।
त्यस्तैगरी धेरै लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसिमा रहेको दैनिक १ जीबी डेटा प्याक करसहित ५ सय ९९ रुपैयाँमा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ६० रुपैयाँ बोनस क्यास ब्याक पाउँछन् ।
गज्जबको डेली जीबी डेटा प्याकअन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यु गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन् । त्यसैगरी एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि प्राप्त निर्देशनअनुसार प्याक सुचारु गर्न सकिने कम्पनीले जानकारी दिएको छ । डेटा प्याक एनसेल एपबाट पनि खरिद गर्न सकिन्छ ।