एमालेमै रहेर पनि जसले मन दुखाए

एमालेमै रहेर पनि जसले मन दुखाए

एमालेमै रहेर पनि जसले मन दुखाए मन्त्रीका लागि सांसद पद माया मारेर एमालेतिर लागेका पूर्वमाओवादी नेतामध्ये तल्लो तहमा जनमत प्रभावित पार्नसक्ने नेताका रुपमा चिनिन्छन् प्रभु साह । कहिले बाबुरामको कोटामा त कहिले प्रचण्डको निकट बनेर पटक-पटक मन्त्री बनेका उनको तराईमा धेरथोर प्रभाव रहेको मानिन्छ ।

एमालेका आधा दर्जन पूर्वमाओवादी नेतामध्ये तुलनात्मक रुपमा अध्यक्ष केपी ओलीसंग आँखा जुधाएर कुरा गर्नसक्ने र आफ्ना अडान राख्ने प्रभु मधेसका कार्यक्रमबाहेक पार्टीका बैठकहरुमा भने खासै देखिंदैनन् ।

एमाले नेताहरुले औपचारिक बैठकहरुमा जनयुद्धको विरोध गर्ने गरेकाले उनी त्यस्ता फोरमहरुमा अनुपस्थित हुने गरेको बताइन्छ । तराई-मधेसमा एमाले प्रवेशको लहर चलिरहँदा उनै प्रभु हिजोदेखि काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठकमा देखिएनन् ।

“पोलिटब्यूरोबाट झारेर केन्द्रीय सदस्यमा थान्को लगाइएकी श्रीमाया थकाली पनि हिजोको बैठकमा उपस्थित थिइनन् । त्यस्तै,अध्यक्ष ओलीका कटु आलोचक डा. भीम रावल पनि जिम्मेवारीविहिन भएकोले हिजै धनगढीतिर लागेका छन् “

संयोग कस्तो भने उनी उपस्थित नभएकै बैठकमा अध्यक्ष ओलीले जनयुद्धको चर्को बिरोध गरेका थिए । प्रचण्डलाई खुइल्याउने क्रममा ओलीले जनयुद्धमा १७ हजारको हत्या भएको र त्यसबाट जनताले केही नपाएको अराजनीतिक टिप्पणी गर्दा मन्चमा बसेका पूर्वमाओवादी नेताहरु लाचार थिए ।पोलिटब्यूरोबाट झारेर केन्द्रीय सदस्यमा थान्को लगाइएकी श्रीमाया थकाली पनि हिजोको बैठकमा उपस्थित थिइनन् । त्यस्तै,अध्यक्ष ओलीका कटु आलोचक डा. भीम रावल पनि जिम्मेवारीविहिन भएकोले हिजै धनगढीतिर लागेका छन् । चितवन महाधिवेशनमा ओलीलाई अध्यक्षमा टक्कर दिएका रावललाई सल्लाहकार परिषद सदस्यमा मनोनित गरिएको थियो । तर, उनले सो पद स्वीकार गरेका छैनन् ।

यता,बैठकको अघिल्लो दिन केन्द्रीय सदस्यको हैसियतसरह मानिने निर्वाचन आयोग सदस्य रहेकी रन्जु ठाकुर भने जसपामा प्रवेश गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी निकट भनेर चिनिएकी उनी एमालेमा लागेर सबैभन्दा बढी अवसर पाउने नेतृ हुन् ।

२०६५ सालमा राप्रपा छोडेर एमालेमा आएपछि उनलाई लगत्तै भण्डारीकै जोडबलमा सांसद,अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य,महिला,वालवालिका समितिको सभापति र पति मिहिर ठाकुरलाई मानव अधिकार आयोगको सदस्य बनाइएको थियो ।

एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष ओलीले वाचन गरेको केन्द्रीय सदस्यको सूचीमा नपरेपछि असन्तुष्ट रहँदै आएकी ठाकुरले त्यतिबेलै पार्टी छोड्ने चर्चा पनि थियो ।

टिप्पणीहरू