नन्द र सासूलाई दोष लगाउँदै अस्पतालमै झुण्डिइन् कर्मचारी

नन्द र सासूलाई दोष लगाउँदै अस्पतालमै झुण्डिइन् कर्मचारी

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको शौचालयमा एक जना महिला झुण्डिएकी छन् ।

जनकपुर उपमहानगरपालिका ८ घर भइ हाल उक्त अस्पतालमा कार्यरत २८ वर्षीया पूजा झा शौचालयको धारामा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

प्रहरीका अनुसार श्रीमानले उनलाई झुण्डिएको अवस्थामा फेला पारेका थिए । प्रहरीलाई खबर गरेर उपचारका लागि लगिए पनि अस्पताल पुग्दा झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झा सोही अस्पतालको क्वार्टरमा बस्दै आएकी थिइन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीका एक जना प्रहरी अधिकृतले भने, ‘घटनाबारे प्रारम्भिक रुपमा बुझ्दैछौं ।’

घटनास्थलबाट जेठी नन्द र सासूको कारण आत्महत्या गरेको भनी लेखिएको सुसाइड नोट फेला परेको छ ।

टिप्पणीहरू