अमेरिकी राजदूत नेपाल फिर्ता,आज बिहानदेखि साँझसम्म भीआईपीहरुको बाक्लो आवतजावत

अमेरिकी राजदूत नेपाल फिर्ता,आज बिहानदेखि साँझसम्म भीआईपीहरुको बाक्लो आवतजावत

चितवन जानुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित चार जनाको टोली आज बिहान ७ बजे बुध्द एअरको उडानबाट राजधानी फर्केको छ ।

आजै श्री एयरको काठमाडौं–नेपालगञ्ज उडानबाट पूर्वमन्त्री मोहमद इस्तियाक राइन बिहान ११ बजे नेपालगञ्ज जानुभएको थियो । त्यसैगरी बुध्द एयरको उडानबाट बिहान पौने १२ बजे कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्र राय यादव पौने १२ बजेतिर जनकपुर जानुभएको छ ।

नेपाली काँग्रेसका संघीय सांसद तथा नेपालका डलर अर्बपति विनोदकुमार चौधरी आज सिंगापुर एयरलाइन्सको एसक्यु ४४० उडानबाट दिउँसो सवा १२ बजे काठमाडौं आउनुभएको छ । त्यस्तै संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आले दिउँसो १२ बजे नेपाल एअरलाइन्सको उडानबाट भारतको राजधानी नयाँ दिल्ली जानुभएको छ ।

कतार एयरवेजको क्युआर ६४६ उडानबाट नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी दिउँसो ३ बजे दोहा हुँदै काठमाडौं फर्कनुभएको छ ।

आजै बुध्द एयरको उडानबाट स्वीट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापेलर ओसवाल्ड दिउँसो सवा १२ बजे बिराटनगर जानुभएको छ । बुद्ध एअरको उडानबाट जर्मन राजदूत थोमस प्रिन्ज र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री एकबहादुर बुढाक्षेत्री पौने २ बजे सुर्खेतबाट राजधानी आउनुभएको छ ।

बुद्ध एयरको भरतपुर–काठमाडौं उडानबाट भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ दिउँसो ४ बजे काठमाडौं आउनुभएको छ ।

बुद्ध एयरको काठमाण्डौ–पोखरा उडानबाट गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दिउँसो ४ बजे पोखरा पुग्नुभएको छ ।

आजै अमेरिकी चार्टर विमान सीएटीए २०२ उडानबाट ढाका हुँदै काठमाडौं आएको छ । उक्त विमान संयुक्त तालिमको निम्ति नेपालमा रहेका सैनिक लिन आएको बताइएको छ ।

तालिम समापन गरेका अमेरिकी सेनालाई लिनका लागि पाँच जना क्रु मेम्बरसहित रित्तो विमान पौने ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उता प्रधानसेनापति प्रभुराम शर्मालगायत ११ सदस्यीय टोली बोकेको सेनाको हेलिकप्टर ९ एन आरएएम धनगढीबाट काठमाडौं आएको छ । उक्त हेलिकप्टर साँझ पौने ६ बजे काठमाडौं आइपुगेको हो ।

टिप्पणीहरू