हिजोको आक्रमणको गृहमन्त्रालयले छानबिन गर्ने
गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरिने बताउनुभएको छ ।
हिजो आक्रमणमा घाइते भएका साहलाई उपचाररत मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सांसद साहमाथि भएको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ ।
गृहमन्त्रीले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन समेत दिइसकेको जानकारी गराउनुभयो ।
टिप्पणीहरू