नेपाली पर्वतारोहीले अमेरिकी हिमाल चढ्ने
नेपाली र अमेरिकी पर्वतारोहीहरूको संयुक्त टोलीले अमेरिकाको अलास्का राज्यस्थित डेनाली पर्वत आरोहण गर्ने भएका छन् । नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्ष पुगेको अवसरमा उक्त पर्वतको आरोहण गर्न लागिएको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार जनसम्पर्क अधिकृत ग्यारेट विल्करसनले अमेरिका–नेपाल मित्रता टिम नामको उक्त पर्वतारोहण दललाई एक्स्पेडिसन व्यानर हस्तान्तरण गरेका छन् । दूतावासले टिमलाई सफलताको शुभकामनासमेत दिएको छ ।
डेनाली पर्वतको उचाई २० हजार तीन सय १० फिट छ । यो उत्तर अमेरिकाको सबैभन्दा अग्लो चुचुरो हो ।
टिप्पणीहरू