आलटाल गर्ने ठेकेदार कम्पनी कालोसूचीमा

आलटाल गर्ने ठेकेदार कम्पनी कालोसूचीमा

काममा आलटाल गर्ने छ वटा निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले छ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । उनीहरुलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा पर्ने कम्पनीहरुमा टीबीईए इनर्जी इण्डिया र कन्सोर्टियम विथ पीपी इन्डष्ट्रिजलाई तीन वर्ष, चिराग कन्स्ट्रक्सन गोरखा, कर्णाली विल्डर्स जनकपुरधाम, फैजल एण्ड अफजल कन्स्ट्रक्सन कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको छ ।

त्यसैगरी, कुशलदेव निर्माण सेवा रसुवा र दावा सोनाम लामा मुख्य व्यक्ति रहेको तितुङ कन्स्ट्रक्सन काठमाडौँलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

टिप्पणीहरू