आजदेखि काष्ठमण्डप पनि खुल्ला
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निमाण गरिएको काष्ठमण्डपको आज उद्घाटन गर्नुभएको छ । काष्ठमण्डप २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएपछि पुनर्निमाण भएको हो ।
राष्ट्रपतिबाट उद्घाटनलगत्तै काष्ठमण्डप सर्वसाधारणको निम्ति खुल्ला भएको छ । काठमाडौं महानगरको ३० करोड ५० लाख रुपैयाँको लागतमा झण्डै चार वर्ष लगाएर पुनर्निमाण गरिएको हो ।
काष्ठमण्डप पुनर्निर्माणमा आठ हजार क्यू फिट नयाँ र चार हजार नौ सय क्यु फिट पुरानो काठ प्रयोग भएको आजको कार्यक्रममा जानकारी गराइएको छ ।
टिप्पणीहरू