आज संक्रमितभन्दा निको हुने झण्डै तेब्बर, ३३ जनामा पुष्टि

आज संक्रमितभन्दा निको हुने झण्डै तेब्बर, ३३ जनामा पुष्टि

पछिल्लो २४ घण्टामा मुलुकभर ३३ जना कोरोना संक्रमित भेटिएका छन् । पाँच हजार ५९ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ८९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत छ । अझै आठ सय ४२ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा पाँच जना संक्रमित थपिएका छन् । भक्तपुरमा दुई जना र ललितपुरमा एक जना पनि संक्रमित थपिएनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक सय ३३ रहेको छ । भक्तपुरमा दुई र ललितपुरमा एक सय सात जना छन् ।

आज पनि संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू