अध्यक्ष प्रचण्ड खुमलटारबाट बालुवाटारतिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । उहाँ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताको निम्ति अपरान्ह सवा ४ बजे त्यहाँ पुग्नुभएको हो ।
भारतको तीन दिने भ्रमणबाट हिजो साँझ स्वदेश फर्कनुभएका प्रधानमन्त्री देउवालाई भेट्न उहाँ आज त्यहाँ जानुभएको खुमलटार स्रोतले बताएको छ । उहाँहरुबीच झण्डै ४५ मीनेट कुराकानी भएको छ । कुराकानीपछि प्रचण्ड ५ बजेको हाराहारीमा त्यहाँबाट बाहिरिनुभएको थियो ।
आजको भेटवार्तामा मूलतः रिक्त राजदूत र सरकारी नियुक्तिको बारेमा कुराकानी भएको बताइन्छ । आगामी निर्वाचनको आचारसंहिता अगावै ती काम सक्न दाहालले पटक पटक ताकेता गर्नुभएको छ ।
टिप्पणीहरू