भारतीय राजदूत २६ दिनपछि विदेश सचिवमा बढुवा

भारतीय राजदूत २६ दिनपछि विदेश सचिवमा बढुवा

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा त्यहाँको विदेश सचिव हुने भएका छन् । क्वात्रा आगामी मे १ तारिखका दिनदेखि विदेश सचिवमा पदोन्नत हुन लागेका हुन् ।

क्याबिनेटको मनोनयन समितिले आज उक्त प्रस्ताव पारित गर्दै क्वात्रालाई आगामी विदेश सचिवमा सिफारिस गरेको छ । हालका सचिव श्री हर्षवर्धन श्रृङ्गलाले यो महिनाको मसान्तदेखि अवकाश पाउने भएकाले क्वात्रालाई बढुवा गर्न लागिएको हो ।मनोनयन समितिकी सचिव दिप्ती उमाशंकरले क्याबिनेट सचिवदेखि १९ वटा निकाय र युनिटलाई बोधार्थ दिँदै आज लेखेको पत्रमा सो कुरा उल्लेख छ । अब क्याबिनेट बैठकले अनुमोदन गरेपछि क्वात्रा विदेश सचिवमा बढुवा हुनेछन् ।

टिप्पणीहरू