काँग्रेसमा घोषणापत्र लेख्ने जम्बो टोली तयार
सत्तारुढ नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा घोषणापत्र लेख्नका लागि २७ सदस्यीय समिति गठन गरेको छ । महामन्त्री गगनकुमार थापा नेतृत्वको ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ नाम दिइएको उक्त समितिमा प्रधानमन्त्री पत्नी डा.आरजू राणासहित २७ जना रहेका छन् ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आरजुसहित २७ जनालाई मनोनित गर्नुभएको हो । समितिका अन्य सदस्यहरुमा विभिन्न विषयगत क्षेत्रका जानकारहरु समेटिएका छन् ।
काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी, धनगढी उपमहानगरका मेयर नृपबहादुर वडदेखि डा. गोविन्दराज पोखरेलसम्म घोषणापत्र तयारी समितिको सदस्य बनेका छन् । त्यस्तै, पुराना नेता गुरुराज घिमिरे, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले पनि समितिमा परेका छन् ।
घोषणापत्र तयारी समितिमा प्रधानमन्त्री पत्नी डा.आरजू राणासहित २७ जना रहेका छन् ।
टिप्पणीहरू