देशभर वकिलहरुको मत गन्ने सुरसार
नेपाल बार एशोसिएसनको अस्ति शनिवार सम्पन्न मतदानको गणना हुन लागेको छ । सबै मतदान केन्द्रबाट मतपेटिका हिजो राति काठमाडौँ आइपुगेकाले अहिले मतगणना हुन लागेको हो ।
नेपाल बारमा अध्यक्षसहित ११ पदाधिकारी र १५ सदस्य गरी २५ जनाको कार्यसमिति छ । सोका लागि भएको पछिल्लो निर्वाचनमा नौ हजार सात सय आठ जनाले मतदान गरेका छन् । राजधानीमा पाँच हजार सात सय मतदाता रहेमध्ये चार हजार दुई सयले मतदान गरेका हुन् ।
चुनावमा प्रगतिशील र पेशागत कानुन व्यवसायी समूह तथा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा भएको छ । अध्यक्षमा आठ जना उठेका छन् ।
टिप्पणीहरू