विप्लवका प्रवक्ताको हिजो पनि बालुवाटार प्रवेश

विप्लवका प्रवक्ताको हिजो पनि बालुवाटार प्रवेश

नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड हिजो पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानुभएको छ । प्रकाण्ड साँझ ५ बजेको हाराहारीमा त्यहाँ छिर्नुभएको हो ।

बालुवाटारमा विप्लव प्रवक्ताले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग संयुक्त भेट गर्नुभएको हो । झण्डै एक घण्टा भएको वार्तामा प्रवक्ताले यसअघि केपी ओली सरकारले एक वर्षअघि गरेको सम्झौताको अक्षरश: कार्यान्वयनको विषय उठाएको बालुवाटार स्रोतले बताएको छ ।

टिप्पणीहरू