काठ्माडौं महानगरपालिकालाई विज्ञ चाहियो
काठ्माडौं महानगरपालिकालाई वातावरणीय अध्ययनका लागि विज्ञहरुको खाँचो परेको छ । वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिका लागि महानगरले विज्ञहरूलाई दरखास्त दिन आह्वानसमेत गरेको छ ।
संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि,२०४८ को दफा १४ अनुसार वातावरणीय अध्ययनका लागि प्राविधिक समिति गठन गर्न लागेको महानगरले बताएको छ । उक्त समितिमा रहन चाहने विज्ञहरूका लागि महानगरले १५ दिनभित्र निवेदन पेस गर्न भनेको छ ।
महानगरले वातावरणविद्,जीआई एस विशेषज्ञ,वातावरण कानुनविद्, जलवायु परिवर्तन विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, जैविक विविधता विज्ञ, वन्यजन्तु विज्ञ, वन विज्ञ, प्रणाी शास्त्री, वनस्पति शास्त्रीलगायतलाई दरखास्त दिन आह्वान गरेको हो ।
त्यसैगरी, मानव शास्त्री, समाज शास्त्री, पुरातत्व शास्त्री, अर्थ शास्त्री, जनस्वास्थ्यविद्, भूगर्भ शास्त्री, केमिकल शास्त्री, कृषि विज्ञ, जलस्रोत विज्ञ, मेट्रोलोजिस्ट, ऊर्जा विज्ञ, बायोटेक्नोलोजिस्ट, फुड टेक्नोलोजिस्ट, आर्किटेक्ट आदिले पनि रोजगारी पाउने भएका छन् ।
स्ट्रक्चरल इन्जिनियर, हाइवे इन्जिनियर, इरिगेसन इन्जिनियर, मेकानिकल इन्जिनियर, इलेक्ट्रिक इन्जिनियर, जियोम्याट्रिक्स इन्जिनियरले पनि दरखास्त दिन पाउछन् । दरखास्त दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, सम्बन्धित विषयमा १० वर्ष काम गरेको अनुभव भएकाले दरखास्त दिन सक्नेछन् ।
टिप्पणीहरू