नेपालमा हिमाल चढ्नेको ताँती लाग्यो

नेपालमा हिमाल चढ्नेको ताँती लाग्यो

नेपालमा हिमाल आरोहणका लागि यो सिजनमा ४५ टिमका तीन सय ६६ जनाले अनुमति पाएका छन् । जसमध्ये सबैभन्दा धेरैले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि नाम टिपाएका हुन् ।

सगरमाथा चढनका लागि १६ समूहका १३८ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । तीमध्ये ३३ जना महिला र १०५ जना पुरुष रहेका छन् ।

त्यसैगरी,अमादब्लम हिमाल चढ्नका लागि सात जना महिला र ३२ जना पुरुष,अन्नपूर्ण हिमाल चढ्नका लागि १४ पुरुष र १२ महिलाले अनुमति पाएका छन् । साथै,६ पुरुष र एक महिला भेम्दाङरी,१४ पुरुष र सात महिला धौलागिरी,दुई पुरुष गंगापूर्ण,१४ पुरुष र दुई महिला हिमलुङ हिमाल जाने भएका छन् ।

अनुमति लिएकामध्ये १४ पुरुष र दुई महिला कञ्चनजंगा, २९ पुरुष र तीन महिला ल्होत्से,नौ पुरुष र छ महिला मकालु,सात पुरुष र दुई महिला मनास्लु, दुई पुरुष र दुई महिला मुकोट हिमाल चढ्न जाने छन् । त्यस्तै, २३ जना नुप्त्से, नौ जना पोखर खाङ, छ जनाले थापा पिक आरोहण गर्नेछन् ।

वसन्त ऋतुमा सरकारले हिमाल आरोहणबाट सबैभन्दा बढी रोयल्टी संकलन गर्छ । हिजोसम्म आरोहण अनुमतिबाट मात्र १९ करोड ९० लाख ७० हजार ९८ रुपैयाँ रोयल्टी संकलन गरिसकेको छ ।

टिप्पणीहरू