४ बजेलाई क्याबिनेट बैठक बोलाइयो

४ बजेलाई क्याबिनेट बैठक बोलाइयो

आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । आजको बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

भोलि दिउँसो २ बजे निर्वाचन आयोगले निर्वाचन आचारसंहिता घोषणा गर्ने भएकाले त्यसअघि नै सरकारी नियुक्तिलगायतका निर्णय सकाउने सरकारी तयारी छ । आजको बैठकले विभिन्न मुलुकमा रहेका राजदूतावास र नियोगमा रिक्त राजदूत नियुक्तिको निर्णय गर्नेछ ।

आजको बैठकमा भर्खरै नियुक्त कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द बन्दीले शपथ ग्रहणलगत्तै भाग लिनुहुने छ । उहाँको शपथ ग्रहण आजै दिउँसो २ बजे शीतल निवासमा हुँदैछ । त्यसपछि ४ बजे बालुवाटारमा बस्ने क्याबिनेट बैठकमा भाग लिनुहुने छ ।

टिप्पणीहरू