बार मतगणना अपडेट : विश्वमणि भन्दा गोपालकृष्ण १४ सय मतले अगाडि

बार मतगणना अपडेट : विश्वमणि भन्दा गोपालकृष्ण १४ सय मतले अगाडि

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानलै जीत नजिक पुगेको छ ।

सुरुआतदेखि नै अग्रता बनाएका गठबन्धनका उम्मेदवारहरुले मतान्तर थप फराकिलो बनाएसँगै उनीहरुको जित निश्चित बनेको हो ।

अब केही मतदान केन्द्रको मात्र गणना गर्न बाँकी हुँदा अध्यक्षका प्रत्यासी काँग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का गोपालकृष्ण घिमिरेले लगभग जीत सुनिश्चित गरिसकेका छन् ।

उनले निकटतम प्रतिस्पर्धी एमालेसम्बध्द प्रोग्रेसिभ प्रोफेसनल लयर्स एशोसिएसन (पिपिएलए) का उम्मेदवार विष्णुमणि अधिकारीको भन्दा दोब्बर मत बढी पाएका हुन् । अहिले साँझ ४ बजेसम्मको परिणामअनुसार घिमिरेले २७ सय ११ मत पाउँदा अधिकारीले १३ सय ६४ भोट ल्याएका छन् ।

त्यस्तै, महासचिवका उम्मेदवार माओवादी केन्द्र निकट आरपिएलएबाट गठबन्धनका साझा उम्मेदवार बनेकी अञ्जिता खनालले २३ सय ८७ मत पाएकी छन् ।

उनका निकटम प्रतिष्पर्धी पिपिएलएका केदारप्रसाद कोइरालाले १५ सय ६७ मत प्राप्त गरेका छन् । पदाधिकारीसहित सबै पदमा गठबन्धनका उम्मेदवारहरु भारी मतान्तरको अग्रतामा छन् ।

३५ मतदान केन्द्रमध्ये अब करिब १० वटाको गणना बाँकी रहेको बताइएको छ । आजै साँझसम्म अन्तिम परिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ ।

११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार सात हजार आठ वकिलहरु मतदान प्रक्रियामा सहभागी भएका थिए ।

टिप्पणीहरू